दल

बाबुरामको प्रस्ताव : नेपाली विशेषताको समाजवाद मोडल विकास गर्न ध्रुवीकरणको प्रयत्न गरौं (प्रतिवेदनसहित)

इकागज |
पुस २४, २०७९ आइतबार १३:५९ बजे

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् । आइतबार बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताएका हुन् ।

उनले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्दीय कार्यसमितिलाई दिने प्रस्ताव समेत गरेका छन् ।


नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडल विकास गर्नुपर्ने उनको जोड छ । अध्यक्ष भट्टराईले अहिलेका पार्टीहरूको रुपान्तरणदेखि अब मुलुकको परिवर्तनका लागि समाजवादीहरूबीचको ध्रुवीकरण आवश्यक पर्ने उल्लेख गरेका छन् ।

हतारमा नयाँ शक्ति पार्टी निर्माण गर्दा अपेक्षित सफलता हासिल नगरेको र विभिन्न प्रक्रियामार्फत गुज्रँदै अहिलेको अवस्थामा आइपुगेको उनले बताएका छन् ।


Author

थप समाचार
x