दल

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सम्झौता [पूर्णपाठ]

इकागज |
पुस २४, २०७९ आइतबार १५:११ बजे

काठमाडौं– पहिलो पटक निर्वाचनमा होमिएर ६ सिट ल्याएको जनमत पार्टी र ४ सिट पाएको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ । जनमतका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

राउतका स्वकीय सचिव नरेश कुमार अधिकारीले सम्झौता पत्रमा टीकापुर घटनाका राजबन्दीको रिहाइ, टीकापुर घटनाको सत्यतथ्य छानबिनपश्चात लाल आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, देउवा सरकारले ल्याए अध्यादेश पारित गर्नुपर्नेलगायत विषयहरू समावेश गरिएकाे इकागजलाई जानकारी दिए ।


त्यस्तै, अधिकारीका अनुसार सहमति पत्रमा राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने विषय पनि समेटिएका छन् । 

दुवै दलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री बनाउन समर्थन गरेका छन् ।


 


Author

थप समाचार
x