दल

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

इकागज |
पुस २५, २०७९ सोमबार १७:२१ बजे

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिने भएको छ । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने कांग्रेसका सांसद रामहरि खतिवडाले इकागजलाई जानकारी दिए । 

तर, यसको औपचारिक निर्णय भने कांग्रेसको मंगलबार बिहान बस्ने संसदीय दलको बैठकले गर्ने खतिवडाले बताए । ‘संसद्‍मा हामी प्रतिपक्षी बसेको ठाउँमा बसिरहेका छौँ । प्रतिप्रक्षमा बसेको दलले सरकारलाई भोट हाल्छ त ?’ खतिवडाले प्रश्न गरे ।


नयाँ सरकार गठन भएसँगै कांग्रेसले सरकारलाई विश्वासको मत दिने कि नदिले भन्ने चर्चा चलिरहेको थियो । 

प्रचण्डले मंगलबार संसद्‍मा विश्वासको मत लिँदैछन् । प्रचण्डले सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन पाएर पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

२०५१ मा नेकपा एमालेको अल्पमतको सरकारलाई राष्ट्रिय सहमतिको शैलीमा सबै दलले मत दिएका थिए । त्यतिबेला कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टीलगायतका दलहरू समर्थन दिएका थिए ।
 


Author

थप समाचार
x