एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई सशर्त विश्वासको मत दिने
सरकारमा सहभागी नहुने, शर्त पूरा नभए जुनसुकै बेला फिर्ता लिन सक्ने
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशर्त विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार विश्वासको मत दिए पनि नेकपा एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने छ ।
राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरूमा सरकारले आवश्यक काम गर्नुपर्ने शर्त रहेको उनले बताए । आफ्नो पार्टीले राखेका अजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने उनले बताए । विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने उनको भनाइ छ । ‘हाम्रो केन्द्रीय सचिवालयको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । हाम्रा अजेण्डाहरू राखिनेछन् । ती अजेण्डाहरू पूरा नगरे कुनै पनि बेलामा त्यहाँबाट फर्किनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय छ,' उनले भने, 'पार्टी अध्यक्ष/दलको नेताले संसद्मा आफ्ना विचार राख्नुहुनेछ, त्यसकै आधारमा आफ्ना धारणा बनाउँछौँ ।’
एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद छन् । समाजवादीले लामो छलफलपछि सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया