प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने निर्णय अस्वाभाविक : मिनेन्द्र रिजाल
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको नबन्ने बताएका छन् । लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ प्रतिस्पर्धा, आलोचना, खबरदारी र विकल्प प्रस्तुतिको हुनुपर्ने उनको भनाइ छ ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय अस्वाभाविक भन्दै आपत्ति प्रकट गरेका छन् । ‘प्रधानमन्त्रीमाथिको विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको बन्दैन। त्यसैले यो प्रस्तावको पक्षमा मत दिने नेपाली कांग्रेसको निर्णय अस्वाभाविक छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर प्रतिपक्षी दलको हैसियत गुमाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया