गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न विश्वासको मतः रामचन्द्र पौडेल
फाइल फोटो
काठमाडौँ - नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताएका छन् ।
मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउनको बनेको पाँच दलिय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताएका हुन् ।
उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए । उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताए । उनले काँग्रेसले कुनैपनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए । उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताए ।
उनले भने, ‘मैले केही दिन अगाडि एउटा कार्यक्रममा भनेको थिए । अहिलेको राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको छ । आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आइरहेका छन् । यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्छ । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम हुनुपर्छ भनेर मैले भनेको थिए । आज त्यही अनुसार सबै राष्ट्रिय पार्टीहरु र शक्तिहरु मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभएको छ । यो एउटा ऐतिहासिक घटना हो । यसमा मलाई सन्तोष छ । काँग्रेसले राष्ट्र,व्यवस्थालाई हेरेर संविधान बचाउनको लागि संविधानमा आइपरेका विभिन्न खतराहरुलाई समेत हृदयंगम गरेर ७० वर्षसम्म लडेर ल्याएको संविधान बचाउनको लागि काँग्रेसले प्रचण्डलाई विश्वासको मत दियौं । संविधान बचाउनको लागि पाँच दलको गठबन्धन भएको थियो । गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उदेश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं । यसले देश जनताको भलो गर्छ । राजनीतिक पार्टीहरु एक ठाउँमा छन् । एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जान्छन् । काँग्रेसले कुनै पदको लागि पक्षमा मतदान गरेको होइन । पदको विषयमा भएको भए ओलीले संसद विगठन गरेको बेला दौडेर निवर्तनमा जाने थिए । त्यो बेला व्यवस्थाको लागि गरेको हो । मलाई सत्ता भन्दा पनि व्यवस्थाको चिन्ता छ । काँग्रेसले व्यवस्था जोगाउनको लागि गरेको अब व्यवस्था जोगिने विश्वास रहेको छ ।’
उनले अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जाने समेत बताए । उनले काँग्रेसले व्यवस्था जोगाउनको लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने विश्वास रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया