दल

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय राम्रो : अध्यक्ष ओेली

इकागज |
पुस २७, २०७९ बुधबार १८:११ बजे

फाइल फोटो

काठमाडौँ - सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको टिप्पणी गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तीको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि उनले सञ्चारकर्मी माझ सो प्रतिक्रिया दिएका हुन् । 


अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गर्नु भएको स्मरण समेत गराए । उनले भने,  ‘राम्रो । पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्ने सन्दर्भमा जुन अगुवाई गर्नु भयो । जुन नेतृत्व गर्नु भयो । र, देश एकीकृत भयो । एकीकरण भयो । एउटा देश भयो । नेपाल भयो । हामी नेपाली भयौं । त्यसकारण पृथ्वीनारायण शाहको जन्मदिको खुशीयालीमा सरकारले विदा दियो । पहिलो पटक होला यो सन्दर्भमा ।’

सरकारले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर सार्वजनिक विदा समेत दिएको छ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तिमा सरकारले सार्वजनिक विदा दिनुपर्ने शर्त समेत राखेको थियो ।

(नोटः यो समाचारको फुटेज, बाईट सर्भरमा उपलब्ध छ । आवश्यक्ता अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।)


Author

थप समाचार
x