दल

कांग्रेस अब प्रतिपक्षी दल रहेन : महासेठ

इकागज |
पुस ३०, २०७९ शनिबार १४:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सचिव रघुवीर महासेठले कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको बताएका छन् ।​

रिपोर्टस क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा महासेठले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसंगै कांग्रेस अब प्रतिपक्षी दल नभएको बताएका हुन् ।


नेता महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको पनि दाबी गरे ।

उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको भन्ने कुरा ६ महिनापछि थाहा हुने धारणा राखे । उनले वर्तमान सरकार बाध्यात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुने गरी कुनै काम नगर्ने बताए ।

महासेठले आफूहरूले कांग्रेससँग पनि राम्रै सम्बन्ध बनाउन खोजेको जिकिर गरे ।

फरक प्रसंगमा उनले आफू १०/१५ वर्ष सक्रिय राजनीतिमा रहने बताउँदै राष्ट्रपति, उपराष्ट्रपति र सभामुखजस्ता पदमा नजाने स्पष्ट पारे ।


Author

थप समाचार
x