सरकारमा जाने कुरा तत्काल सम्भव छैन : नेपाल
फाइल तस्बिर
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् ।
पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताएका हुन् ।
उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा राखे । परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उनको भनाइ छ ।
उनले संसद् विघटन गरिन्छ कि भन्ने आशंका जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको जिकिर गरे ।
नेपालले सत्ता र पावरले मान्छेलाई घमण्डी बनाउने भएकाले विनम्रता पूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
अध्यक्ष नेपालले घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरूलाई पनि आउने वातावरण तयार भएको बताए ।
उनले समानुपातिकमा सन्तोषजनक मत नआए पनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएकाले निर्वाचनको परिणामका कारण हरेस खानुपर्ने अवस्था नरहेको पनि बताए । अध्यक्ष नेपालले पार्टीलाई सशक्त रूपमा अघि बढाउनका लागि जनतमाझ जान कार्यकर्तालाई निर्देशन दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया