लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने ‘पक्का’
काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने ‘पक्का’ भएका छन्। लोसपाका एक नेताका अनुसार अध्यक्ष महन्थ ठाकुरले उनलाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।
मन्त्रीका लागि सर्वेन्द्रनाथ शुक्लाले पनि आकांक्षा व्यक्त गरेका थिए । तर, अध्यक्ष ठाकुरले भण्डारीलाई नै मन्त्रीमा अगाडि सारेको ती नेताको भनाइ छ ।
यद्यपि, भण्डारीले पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन । यसको निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । ‘हाम्रो ध्यान ऊर्जा वा भौतिक पूर्वाधार मन्त्रालयतिर थियो, तर त्यो पाइने सम्भावना छैन । अब त्यसको निर्णय प्रधानमन्त्रीले गर्नुहोला,’ नाम खुलाउन नचाहेका ती नेताले भने ।
एक मन्त्रालय पाउने भएपछि लोसपाले पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
भण्डारी महोत्तरी–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया