दल

मन्त्री छान्‍न माओवादीको बैठक बस्दै, को-को छन् दावेदार ?

इकागज |
माघ ३, २०७९ मंगलबार ८:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दलहरुले मन्त्रालयहरुको भागवण्डा टुंगो लगाएपछि नेकपा माओवादी केन्द्र कार्यालय टीमको बैठक बस्दैछ । आज बिहान बस्ने बैठकले मन्त्रीहरूको टुंगो लगाउनेछ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिव हुनेछन् । 


भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन माओवादीले पाएको छ । त्यस्तै एक राज्यमन्त्री पनि पाएको छ ।

माओवादीबाट सुदन किराती, रेखा शर्मा, अमनलाल मोदी र महिन्द्रराय यादवले मन्त्रीमा दाबी गरिरहेका छन् ।

र, यो पनि
- टुंगियो मन्त्रालय भागवण्डा : कुन दलले कुन मन्त्रालय पाए ? (सूचीसहित)


Author

थप समाचार
x