सभामुखमा उम्मेदवारी दिने कांग्रेसको तयारी
काठमाडौँ - नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले अन्य दलहरूसँग छलफल गरेर सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले उम्मेदवारको विषयमा आन्तरिक कुराकानी भइरहेको जानकारी दिए । उनले पार्टीभित्र र अन्य प्रतिपक्षी दलहरूसँग पनि सभामुखको उम्मेदवारका विषयमा छलफल भइरहेको बताए । आफैं उम्मेदवारी दिने वा अन्य दललाई सहयोग गर्ने भन्ने विकल्पमा पनि छलफल भएको र मनोनयन अघि आवश्यक निर्णय लिने उनको भनाइ छ ।
बैठकअघि आजै कांग्रेस सभापति देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । सभामुख चयनका लागि आज दिउँसो मनोनयन दर्ता हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया