सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता
काठमाडौँ - नेकपा एमालेले प्रतिनिधि सभा सभामुखमा उम्मेदवारी दिएको छ । बुधबार संघीय संसद् सचिवालय पुगेर एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा सुवाश नेम्बाङ र समर्थकमा रवि लामिछाने, राजेन्द्र लिङदेन र हितराज पाण्डे रहेका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
बिहीबार हुने सभामुखको चुनावका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।
एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार सभामुख एमालेले लिने सहमित भएको छ ।
झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलका तर्फबाट सभामुखको उम्मेदवार बनाउन लागिएको हो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया