दल

सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ : नेम्वाङ

इकागज |
माघ ५, २०७९ बिहीबार १८:१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दलहरूबाटै सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा उचित नभएको बताए ।


संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा अव्यवहारिक रहेको भन्दै उनले दलहरूले आफैँमाथि अविश्वास गर्न नहुने धारणा समेत राखे ।नेम्वाङले सभामुखले कसैको दबाब र प्रभावमा नपरि सबैको भावना अनुसार काम गर्नुपर्ने बताए ।


Author

थप समाचार
x