दल

असल छिमेकी हुन चाहन्छु : ओली

इकागज |
माघ ६, २०७९ शुक्रबार १४:४० बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हितलाई मध्यनजर गर्दै सन्तुलित, विश्वसनीय भरपर्दो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले यसअघि छिमेक सम्बन्धलाई कृत्रिम रूपमा तनाव बढाउने काम भएको भन्दै अब नयाँ सरकारले सन्तुलित, विश्वसनीय भरपर्दो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताएका हुन् ।


छिमेकमा बसेर अर्काको अहित गर्न नमिल्ने भन्दै उनले छिमेकीहरूका लागि असल छिमेकी हुन चाहेको जिकिर गरे । अध्यक्ष ओलीले कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरू वा अड्‍डाहरूमा मुलुकलाई सहभागी नगराइने उल्लेख गरे ।

नेपालको सार्वभौमसत्ता, स्वाधीनतामा कुनै प्रकारको सम्झौता गर्ने उनले स्पष्ट पारे । उनले अर्थतन्त्रमा देखिएका समस्या, कृत्रिम ढंगले भएको महंगी लगायतमा अन्य राष्ट्रलाई मात्रै दोष देखाइएको र आन्तरिक रूपमा केही गर्न नसकेको समेत बताए ।

त्यस्तै ओलीले छिमेकी मुलुकको जायज चासो र चिन्तालाई सम्बोधन गरेर अघि बढ्ने धारणा राखे ।


Author

थप समाचार
x