अबको राजनीतिक लडाईं राष्ट्रपतिको हो : चित्रबहादुर केसी
फाइल फोटो
काठमाडौँ - जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिका लागि राजनीतिक लडाईं सुरु भइसकेको बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष केसीले दलहरुबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसकेको बताएका हुन् ।
यसका लागि दलहरुलाई कम्फर्टेबल सभामुखको भूमिका चाहिने भएकाले सभामुखलाई पनि गाह्रो हुने स्थिति देखिएको भन्दै उनले दलहरुले पद र शक्तिका लागि गरेको लडाईंप्रति कटाक्ष गरे ।
दलहरुले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा राखेको आरोप लगाउँदै उनले महिलालाई सभामुख नबनाएर उपसभामुखमा सीमित गर्न खोजेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया