दल

सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल : महत

इकागज |
माघ ७, २०७९ शनिबार १८:११ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको कुरालाई प्रमुख रूपमा संसद्‍मा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन सुरु भएको उल्लेख गरे ।


उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताए । राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने कि नहुने भन्नेबारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने उनकाे भनाइ छ ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल भएको बताए ।  


Author

थप समाचार
x