दल

कांग्रेस इतर पक्षको बैठकः पार्टीले स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन

इकागज |
माघ ८, २०७९ आइतबार १२:५३ बजे

काठमाडौँ - नेपाली कांग्रेसको शेखर कोईराला पक्षको बैठकमा पार्टीको भूमिकामाथि प्रश्न उठाइएको छ । आइतबार काठमाडौंमा बसेको शेखर समूहको बैठकमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनका बारेमा प्रश्न उठाएको हो । कांग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारीले बताए । 

उनले पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको बताए । कांग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो कि प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवश्यक्ता रहेको बताए । ‘कांग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्तिहरू छैनन् भन्ने कुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ,' उनले भने, 'फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने ? कांग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि के पाउँछु भनेर हिँड्ने त्यही हो कांग्रेसको इतिहास ? यी तमाम प्रश्नहरूको बारेमा जवाफ दिन बैठक बसेका हौँ ।’


सांसद भण्डारीले बैठकमा कांग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरुलाई अपमान गर्न, असहज बनाउनका लागि बैठक नबसेको स्पष्ट पारे । 
 


Author

थप समाचार
x