दल

कांग्रेस इतरसमूह बैठकमा धनराजको प्रस्ताव : शेखरलाई अघि सारेर १५औँ महाधिवेशनको तयारी थालौँ

इकागज |
माघ ८, २०७९ आइतबार १३:१९ बजे

काठमाडौँ - नेपाली कांग्रेसको संस्थापन इतरसमूहको बैठकमा नेता शेखर कोइरालाई अघि सारेर १५औँ महाधिवेशनको तयारी थाल्नुपर्ने आवाज उठेको छ । आइतबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको समूहको बैठकमा नेताहरूले कोइरालालाई सभामतिको उम्मेदवार घोषणा गरेर महाधिवेशनको तयारी थाल्नुपर्ने आवाज उठाएका हुन् । 

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेस उपसभापतिसमेत रहेका समूहका नेता धनराज गुरुङले अहिले नै कोइरालालाई अघि सारेर १५औँ महाधिवेशनको तयारी गर्नुपर्ने बताएका हुन् । जवाफमा महान्त्रीसमेत रहेका नेता गगन थापाले सहमति जनाएका थिए । 'अब १५औँ महाधिवशेनको तयारी थाल्नुपर्छ । सभापतिको उम्मेदवारका रूपमा डा. शेखर कोइरालाई अघि सार्नुपर्छ,' गुरुङले बैठकमा भनेको कुरा उदृत गर्दै ती नेताले भने, 'आजैदेखि रूपान्तरण र पुस्तान्तरणका मुद्दा लिएर जाँऔँ । पछि अरुको पनि महत्वाकांक्षा जाग्न सक्छ । म पनि उपसभापति भइसकेँ । मेरो पनि आकांक्षा हुनसक्छ । महामन्त्रीजीको पनि हुनसक्छ । त्यसले फेरि पनि हामी एक हुन नसक्ने अवस्था आउन सक्छ ।' त्यसपछि बोलेका महामन्त्री थापाले गुरुङको भनाइमा सहमति जनाएका  थिए । 


कांग्रेस संसदीय दलको चुनावमा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न नेता कोइराला र महामन्त्री थापा दुवैले आकांक्षा राखेका थिए । अन्तिममा आगामी महाधिवेशनमा नेता कोइरालालाई सभापतिको उम्मेदवार बनाउन गगन सहमति भएपछि उनले संसदीय दलमा प्रतिस्पर्धा गरेका थिए । थापा देउवासँग भारि मतले पराजित बनेका थिए । 

कांग्रेसको १४औँ महाधिवेशनमानेता कोइराला सभापतिमा देउवासँग पराजित भएका थिए । 


Author

थप समाचार
x