दल

एमालेका भण्डारी खानेपानीमा र जनमतका अब्दुल उद्योग वाणिज्यमा जाँदै

इकागज |
माघ ८, २०७९ आइतबार १६:४१ बजे

काठमाडौँ- नेकपा एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेर हुने भएको छ । उद्योग वा कृषि मन्त्रालयमा अडान राख्दै आएकाे जनमत पार्टीले दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।

भण्डारी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका खानले भने शपथ लिए पनि पदभार ग्रहण गरेका छैनन् ।


सात दलीय सत्ता गठबन्धनको शीर्ष नेतृत्वमा भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको स्रोतले जानकारी दिएकाे छ ।

 


Author

थप समाचार
x