प्रमुख प्रतिपक्षी दलको दाबी सुविधाका लागि होइन : विजुक्छें
भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले संघीय संसद्मा प्रमुख प्रतिपक्ष दलमाथि आफूहरूको दाबी कुनै सुविधा पाउने नियतले नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलकाे दाबी सरकारी सुविधा पाउनका लागि नभएको उनको भनाइ छ ।
४९औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पार्टीले लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताए ।
पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा ७० वर्ष उमेर नाघिसकेका ११ जना कार्यकर्ताहरूलाई सम्मान गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया