दल

रास्वपाले प्रदेश समिति पुनर्गठन गर्ने

इकागज |
माघ ९, २०७९ सोमबार ९:११ बजे

फाइल तस्बिर

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश समिति पुनर्गठन गर्ने निर्णय भएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले माघ महिनाभित्र सबै प्रदेशमा विस्तारित बैठक गरी प्रदेश समिति पुनर्गठन गर्ने निर्णय गरेको प्रवक्ता मुकल ढकालले जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेश समितिको विस्तारित बैठकको मिति पनि तय गरेको छ । माघ १४ गते प्रदेश १ को विराटनगर, १६ गते मधेश प्रदेशको जनकुपुर, १८ गते बागमती प्रदेशको मकवानपुर, २१ गते गण्डकीको पोखरा, २४ गते लुम्बिनीको दाङ, २६ गते सुदूरपश्चिमको धनगढी र २८ गते कर्णालीको सुर्खेतमा बैठक बस्ने तय गरेको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । पार्टीको निर्णय अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरू गठन गर्ने रणनीति तय गरेको छ । 


Author

थप समाचार
x