कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने
काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवार उठाउने र समर्थनका लागि अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको उनले बताए ।
उनका अनुसार बैठकले कानुनी अड्चन हटाएर समयमा नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेको छ । राष्ट्रपतिको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको भन्दै कानुनी अड्चन हटाएर समयमै निर्वाचन गर्न माग गरेको उनले बताए ।
राष्ट्रपतिको निर्वाचनका लागि कानुनी अड्चन देखिएकाले यसलाई समाधान गर्दै समयमा नै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय भएको प्रवक्ता महतले जानकारी दिए ।
अहिलेको व्यवस्थाअनुसार माघ २९ भित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने कांग्रेसको जोड रहेको महतले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया