दल

कांग्रेसले पायो प्रमुख विपक्षी दलको मान्यता

इकागज |
माघ ९, २०७९ सोमबार १९:७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । ​कांग्रेस संसदीय दलले पठाएको पत्रको जवाफ दिँदै संसद सचिवालयका उपसचिव रामहरि थापाले प्रतिपक्षी दलको मान्यता पाएको जानकारी गराएका हुन् ।  

सचिवालयले सभापति शेरबहादुर देउवाको नामै तोकेर प्रमुख विपक्षी दलको नेताले पाउने सेवा सुविधासमेत जानकारी गराएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा कांग्रेसले मत हालेको भन्दै कांग्रेसलाई सरकार पक्ष भनिँदै आएको थियो । देउवाले विपक्षी दलको हैसियत पाएसँगै यो सबै टुंगिएको छ ।  


Author

थप समाचार
x