सामाजिक असन्तुष्टिलाई उपयोग गर्न खोलिएको पार्टीहरु मौसमी : अध्यक्ष ओली
फाइल फोटो
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफू सरकारमा जानुलाई विकास र लोकतन्त्र भन्ने गरेको टिप्पणी गरेका छन् ।
बुधबार ललितपुरको च्यासलस्थीत पार्टी कार्यालयमा आयोजित अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसभित्र मुलुकको बिकासका लागि कुनै छलफल नै नहुने भन्दै कांग्रेसले आफू सरकारमा जानुलाई विकास र लोकतन्त्र भन्ने गरेको बताएका हुन् ।
कांग्रेसको महाधिवेशनले समेत स्पष्ट बिचार तय गर्न नसकेको आरोप लगाउदै ओलीले पदाधिकारी छान्न मात्रै कांग्रेस केन्द्रीत भएको उल्लेख गरे । ओलीले कांग्रेस नेतृत्वको सरकारले मुलुकको विकास गर्न नसक्ने र अर्थतन्त्र समेत ध्वस्त पारेको बताए ।
उनले केही सामाजिक असन्तुष्टिलाई उपयोग गर्न खोलिएको पार्टीहरु मौसमी खालको भएको तर्क गरे । मौसमी खालका पार्टीहरु स्थायी नहुने र उनीहरुले देशको बिकास पनि गर्न नसक्ने ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले उदेश्यमा संगठित हुने पार्टी एमाले मात्रै भएको दावी गरे । उनले सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्नका लागि नै एमालेले काम गर्ने स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया