आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गर्ने कि, सत्ताको अंकगणित मै अल्झिरहनेः डा. शेखर
फाइल फोटो
मोरङ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उनले कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको स्पष्ट पारे ।
राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा कोइरालाले नेकाले आफ्नो उम्मेदवार दिने र अन्य दलसँग छलफल भइरहेको जानकारी दिए । उनले मंगलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अत्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए ।
बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै कोइरालाले आत्मदाहको घटनाले राज्य लज्जित भएको बताएका थिए । उनले लेखेका छन्, 'हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया