दल

अग्रि सापकोटा माओवादीको उपाध्यक्ष बन्दै, पार्टी प्रवक्ताको पनि जिम्मेवारी दिने तयारी

इकागज |
माघ १२, २०७९ बिहीबार १३:५८ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्रिप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । सापकोटालाई उपाध्यक्ष बनाउने प्रस्ताव आजको स्थायी कमिटी बैठकमा लगेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरापछिको मर्यादाक्रममा राख्‍ने तयारी गरिएको छ ।

त्यसैगरी सापकोटालाई माओवादी प्रवक्ता बनाउने गरी तयारी रहेको माओवादीका एक नेताले जानकारी दिए । उपाध्यक्ष महराले प्रवक्ताको जिम्मेवारी लिइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई उपाध्यक्ष बनाएर प्रवक्ता बनाउँदा मिडियासँगको सम्बन्ध पनि थप मजबुत हुने बताइएको छ ।


अब माओवादीमा २१ जनाको पदाधिकारी हुनेछ । सापकोटाका समकक्षीहरू माओवादीमा उपमहासचिव पदमा छन् । 


Author

थप समाचार
x