रास्वपाकाे भाेलिदेखिका सबै कार्यक्रम स्थगित
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि (शनिबार)देखि तय गरेका सबै कार्यक्रमहरू स्थगित गरेकाे छ ।
आज एक विज्ञप्ति जारी गर्दै प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित भएको जनाएको हाे ।
विज्ञप्तिमा अर्काे सूचना जारी नभएसम्मका लागि सबै कार्यक्रम स्थगित भएको उल्लेख गरिएकाे छ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले सूचना जारी गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया