दल

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डिपी अर्याल नियुक्त

इकागज |
माघ १४, २०७९ शनिबार ७:३१ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम तथा रोजगार मन्त्री डिपी अर्याललाई कार्यवाहक सभापति नियुक्त गरेको छ ।

केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको सो पार्टीले जनाएको छ ।


सो पार्टीको बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पनि अर्याललाई नै चयन गरेको छ । पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद भएपछि सर्वोच्चले उनको सांसद पद खारेज गरेको छ ।


Author

थप समाचार
x