मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनु पर्दैन : नेम्वाङ
फाइल तस्बिर
काठमाडौँ- सत्तारूढ नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधान अन्तरगत नै हल गरेर अघि बढ्न आफूहरू सक्षम रहेको पनि पटकपटक दोहोर्याए ।
शहीद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैँले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरू सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए ।
संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरूले आफ्नो बुद्धि, विवेक र क्षमता प्रदर्शन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।
उपाध्यक्ष नेम्वाङले मुलुकमा देखा परेका समस्याहरूलाई समाधान गर्न राजनीतिक दलहरू र त्यसको नेतृत्व समक्ष रहेको बताए । उनले नेपालको संविधान शहीदहरूको भावना अनुसार बनेको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया