कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी छ : वैद्य
फाइल तस्बिर
काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा इन्द्रमोहन सिग्देलद्वारा लिखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव वैद्यले कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको बताएका हुन् । उनले कठिन संघर्षका बीचबाट कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नु बेला आएको पनि धारणा राखे ।
उनले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन विभिन्न शक्तिसँग एकताको कुरा भए पनि विप्लव नेकपा भने एकताबाट पछि हटेको जिकिर गरे ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका सिग्देलद्वारा लिखित पुस्तकमा पछिल्लो अवधिमा लेखिएका तीन दर्जन जति आलेखहरूलाई विचार, राजनीति, अर्थराजनीति, सङ्गठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविध जस्ता भागहरूमा वर्गीकरण गरी समावेश गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया