रास्वपा तत्काल सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्रीका लागि दुई दिन पर्खिने निर्णय गरेको हो ।
यस्तै बैठकले सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए ।
नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक-पटक भेटेका थिए । तर, प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया