दल

पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज बस्दै

इकागज |
माघ २१, २०७९ शनिबार ६:४९ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिवार अपरान्ह १ बजेका लागि बोलाईएको छ । 

समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रवार बस्न नसके पछि शनिवार १ बजे बोलाईएको हो ।


रास्वपाले बिहिबान नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि अन्तत: पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहिवार स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रवार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिवार अर्थात आज १ बजे बोलाईएको हो ।   

बैठकले मुख्यत: रास्वपासँगको बिबाद र केन्द्रिय बिभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ । 


Author

थप समाचार
x