'द्वारिकादेवी ठकुरानीको योगदानकै कारण संसद्मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित'
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसद्मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित भएको बताएका छन् ।
शनिबार काठमाडौँमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिक रूपमा हिजो देखिएका समस्याहरूलाई हल गर्दै जानुपर्ने कुरामा आफ्नो पार्टी लागिपरेको बताएका हुन् ।
नेता लेखकले द्वारिकादेवी ठकुरानीलाई नेपालको पहिलो सफल महिला मन्त्रीका रूपमा पनि चित्रण गरे ।
उनले भने, ‘महिला, आदिवासी जनजाति, दलित, पीछडिएका क्षेत्रको, मुस्लिम, मधेशलगायत विभिन्न वर्ग समुदायको मूल राजनीतिक प्रवाहकरण हुन नसकिरहेको जुन हिजोको पीडा थियो । त्यो पीडालाई आज प्रतिनिधित्व समूचित आधारमा व्यवस्थापन गर्ने काम गरिएको छ । हिजोको समस्याहरूलाई पनि आज हल गर्दै जानुपर्ने अवस्था छ ।'
कांग्रेस नेता लेखकले आफ्नो पार्टीले द्वारिकादेवी ठकुरानीको पदचापलाई पछ्याउँदै अघि बढिरहेको दाबी समेत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया