दल

निर्णायक भनिएको रास्वपाको बैठक आज

इकागज |
माघ २२, २०७९ आइतबार ७:४४ बजे

फाइल तस्बिर

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने रास्वपा नेता सन्तोष परियारले जानकारी दिए । उनका अनुसार हिजो (शनिबार) बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । 

रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपछि हिजो  बसेको थियो ।


हिजोको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा गठबन्धनको अवस्थाको विषयमा छलफल गरेको परियाले बताए । प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकबाट नयाँ निर्णय लिनेछ ।

पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए । रविले नागरिकता लिएपछि पार्टीको यसअघिको बैठकबाट पुनः गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान राखिएको थियो ।

 

 


Author

थप समाचार
x