दल

आफूलाई स्वतः विजयी घोषित गर्न माग गर्दै आयोगमा उमेश श्रेष्ठको निवेदन

उपनिर्वाचनबाहेक कानुनमा अर्को विकल्प छैनः आयोग

इकागज |
माघ २२, २०७९ आइतबार १३:२१ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोग पुगेर नेता श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दैआयोगमा निवेदन दिएका हुन् । 

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ निर्वाचनमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन् । उनले आजै यसबारेमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका छन् । 


नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीहरूसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानूनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको स्मरण गराए । उनले उपनिर्वाचन बाहेकको पदपूर्तिका बारेमा कानूनले परिकल्पना नगरेको स्पष्ट पारे । 

सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेको कारण रहेको भन्दै उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने बताए।  
 


Author

थप समाचार
x