एकीकृत समाजवादीले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने

फाइल फोटो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै जनजिविका, राष्ट्रियताको मुद्दालाई स्थापित गर्ने निर्णय गरेको हो ।
बैठकपछि समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकार पार्टीको प्राथमिकताको विषय नभएको र संसदमा प्रतिपक्षी भएर बस्ने, शसक्त ढंगले जनताको आवाज उठाउने निर्णय भएको बताए ।
राष्ट्रपतिको विषयमा विपक्षी दलहरू उभिएको ठाउँमा नै आफूहरु उभिने उनले बताए । बैठकले वृहत् वामपन्थी एकताका लागि पार्टीले पहल गर्ने निर्णय गरेको छ तर अहिले एमालेसँग भने एकताको कुनै सम्भावना नरहेको खतिवडाले बताए ।
बैठकले २०८० साल फाल्गुनभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने गरि तयारी सुरु गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए । संगठनलाई सुदृढीकरण गर्नका लागि विभिन्न कमिटीहरूले आफ्नो अधिवेशन गठन/पुर्नगठन गर्न कार्य योजना दिइएको उनले बताए ।
प्रवक्ता खतिवडाले अवको चार बर्षपछि हुने स्थानीय तहको निर्वाचनमा नेकपा समाजवादीको पार्टी देशव्यापी रुपमा सबै वडाहरूमा कलम चिन्हका उम्मेदवार जाने संकल्प रहेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया