दल

जसपाले राष्ट्रिय मञ्चलाई एकताका लागि पठाएको पत्रमा के छ ?

इकागज |
माघ २४, २०७९ मंगलबार १३:७ बजे

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल)ले पार्टीले एकताका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पत्राचार गरेको छ । एकता वार्ताका समितिका संयोजक राजेन्द्र श्रेष्ठले एक पत्र लेख्दै पार्टी एकताका लागि कुमार लिङ्‌देन नेतृत्वको संघीय मञ्चलाई पत्राचार गरेका हुन । 

‘हाम्रो पार्टी राजनीतिक समितिको बैठकले निति, सिद्धान्त र बिचार मिल्ने राजनीतिक दलसँग ठोस रुपमा पार्टी एकताको पहल गर्न पार्टी बार्ता समिति गठन गर्नुको साथै त्यसको बैचारिक आधारको रुपमा पहिचानसहितको संघीयता र समाजवाद हुनुपर्ने निष्कर्ष निकालेको छ,’ श्रेष्ठले पठाएको पत्रमा भनिएको छ, ‘अत: पार्टी एकताका लागि बिचाराधारात्मक तथा संगठनात्मक बिषयमा वार्ता एवम छलफल गर्नका लागि हामी तपाईको पार्टीसँग हार्दिकताका साथ प्रस्ताव अघि बढाउन चाहन्छौं ।’


जसपाको राजनीतिक समितिको गत १८ र १९ पुसमा बसेको बैठकले बिचारधारा मिल्ने पार्टी एकता गर्नका लागि श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।


Author

थप समाचार
x