दल

कांग्रेस सांसद प्रदीप पौडेल भन्छन्- यो संसद् हो कि चुनावी सभा छट्याउन गाह्रो भइरहेको छ

इकागज |
माघ २५, २०७९ बुधबार १२:५५ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद् ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद् हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताए । 

नेता पौडेलले संसद्‍मा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरूले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले संसद्‍मा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखी नेताहरूले बोल्ने गरेकोमा पनि आपत्ति जनाए । ‘मलाई यो संसद् होकि चुनावी सभा हो ? छटयाउन गाह्रो भइरहेको छ,' उनले भने, 'कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन । सबैको नजर केन्द्रित भएर संसद‍मा झुटो बोल्नु हुँदैन । यसलाई खण्डन गरिनेछ । यसले मेरो व्यक्तित्वमा आँच आउनेछ ।’


नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 


Author

थप समाचार
x