सरकारलाई समर्थन जारी रहन्छ, अहिले सरकारमा जाने कुरा छैन : खनाल
फाइल तस्बिर
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरू सरकारमा अहिल्यै नजाने बताएका छन् ।
बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आएका खनालले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जाने कुरा नभएको बताएका हुन् । उनले सरकारलाई आफूहरूले दिएको समर्थन जारी रहने बताए ।
सरकारले राम्रो काम गरुञ्जेल आफूहरूको समर्थन रहने उनको भनाइ छ ।
उनले भने, ‘समर्थन चाहीँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल । अथवा नराम्रो काम नगरुन्जेल । नराम्रो काम नगरुन्जेल हाम्रो समर्थन रहन्छ । तर, अहिले सरकारमा जाने कुरा हाम्रो त्यस्तो केही छैन ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सरकारका आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया