दल

विवेकशीलको नयाँ नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने

इकागज |
माघ २७, २०७९ शुक्रबार ७:४४ बजे

काठमाडौं - आजदेखl सुरु हुने विवेकशील साझा पार्टीका प्रथम महाधिवेशनका लागि तीनजनाले नेतृत्वमा आकंक्षा व्यक्त गरेका छन् । पार्टीका केन्द्रीय नेताहरू समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन् ।

"अध्यक्षका लागि अहिलेसम्म तीनजनाको नाम आएको छ, महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ’ परियारले भने । 


काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १ बजे सुरु हुने महाधिवेशनको तयारी पुरा पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।


Author

थप समाचार
x