समावेशी र सहभागितामूलक लोकतन्त्र अबको वैकल्पिक राजनीति : डा.भट्टराई

फाइल तस्बिर
काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अबको वैकल्पिक राजनीतिक कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथमा अघि बढाउने र संस्थालाई मजबुत बनाउने रहेको उल्लेख गरे । उनले अबको वैकल्पिक राजनीति समावेशी र सहभागितामूलक लोकतन्त्र रहेको जिकिर गरे ।
भट्टराईले अबको वैकल्पिक राजनीतिको एजेण्डा राज्यका प्रणालीहरूलाई बलियो बनाएर सुशासन कायम गर्नु रहेको बताए । उनले तेस्रो चरणको वैकल्पिक राजनीतिको एजेण्डा लोकतन्त्रलाई जोगाएर, लोकतन्त्रका अपूर्णतालाई पूर्ण बनाइ त्यसको जगमा देशलाई छोटो समयमा नै समृद्धिको मध्यमस्तरसम्म लैजानुपर्ने उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री भट्टराईले अब देशलाई सुशासन र समृद्धिको दिशातर्फ अघि बढाउन ढिलो भइसकेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया