दल

वैकल्पिक शक्तिको एजेण्डा बोक्ने दलहरूलाई स्थापित दलहरूले नै सिध्याउँछन् : सिके राउत

इकागज |
माघ २७, २०७९ शुक्रबार १७:११ बजे

फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके)ले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरूलाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाएका छन् ।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरूलाई स्थापित दलहरूले कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको उल्लेख गरे । उनले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरूले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने भनाइ राखे ।


राजनीतिक पार्टीका रूपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउनु नहुने राउतकाे भनाइ छ । उनले सबै वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए । उनले वैकल्पिक शक्तिहरू एक ठाउँमा बसेर क्रान्तिको बीजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्नसक्ने दाबी गरे ।

अध्यक्ष राउतले वैकल्पिक शक्तिहरूले स्थापित तरिका र निर्वाचनको माध्यमबाट मात्रै जानसक्ने भन्ने कुरा सोच्नु नहुने बताए ।


Author

थप समाचार
x