नेताहरूलाई कानुन लागेन : सांसद भण्डारी
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरूलाई कानुन नलागेको बताएका छन् ।
शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा कानुन लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरू सबै जेलमा हुने उनकाे भनाइ छ ।
नेपालको कानुनले नेताहरूसमक्ष आत्मसमर्पण गरेको भण्डारीकाे तर्क छ । उनले आफूहरू लडेर ल्याएको प्रणालीमा सबै फूलहरू फुल्न पाउने भन्दै विवेकशील साझा पार्टी लगायत वैकल्पिक शक्तिहरूले देशका लागि काम गर्न आवश्यक रहेको बताए ।
सांसद भण्डारीले युवा नेताहरू पार्टीमा नबोलेकोप्रति असन्तोष व्यक्त गरे । उनले युवाहरूमा अहिले आफ्नो पार्टीमा भएको चुनौतीको समाधान गरी देश बनाउने सपना बनाउनुपर्ने उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया