सत्ता गठबन्धनबाटै राष्ट्रपति निर्वाचित हुन्छ : जनार्दन शर्मा
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।
शुक्रबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएको बताए । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने र गठबन्धनबाटै सहमति खोजिने उनको भनाइ छ । उनले अहिले सत्ता गठबन्धनभित्र कुनै समस्या नभएको दाबी गरे ।
यता माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले भने भविष्यमा हुने दुर्घटना रोक्नका लागि गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने सम्भावना बढी रहेको बताए । सामाजिक सेवामा काम गरेको, मुलुक प्रति प्रतिबद्ध हुनेलाई राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ ।
सबै राजनीतिक दलहरू एक ठाउँमा आउनका लागि छलफल चलिरहेको उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया