मुलुक समस्याको भूमरीमा छ, ताली र सस्तो कुरामा नअलमलिऔं : कमल थापा
काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य संचालकहरू के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्ने भन्दा मुलुकको समस्या समाधान तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
आज पार्टीको भ्रातृ संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले भने, 'मुकुकमा भ्रष्टाचार, आर्थिक संकट, विदेशी प्रभाव, बेरोजगारी, कुशासन, धर्म परिवर्तन संगै राष्ट्रियतामाथि पनि गम्भीर प्रश्न चिह्न खडा भइरहेको छ, तर ठूला भनिने नेताहरू सस्तो लोकप्रियताको गीत गाउन मात्रै मस्त छन्, देशमा समस्या समाधानमा चिन्तित छैन, जुन विडम्बना हो ।'
अहिके राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै थापाले मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । अहिले वाद, सिद्धान्तको बिबाद गर्ने बेला नभएको राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि महत्त्वपूर्ण विषय भएको थापाको टिप्पणी थियो । राप्रपा नेपाललाई फेरि उठाउने सन्दर्भमा सबै जनवर्गीय संगठनले छ महिने योजना र कार्यक्रम ल्याउन समेत उनले निर्देशन दिए ।
कार्यक्रममा महामन्त्री त्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र प्रवक्ता बसन्तमानसिंह अधिकारीले अब पार्टी जनता केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । जनवर्गीय संगठनका प्रमुखहरूले संगठनको अवस्था र भावी कार्यक्रमबारे बैठकलाई जानकारी गराएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया