दल

अरू पार्टीलाई कुचो बोक्न बाध्य बनायौँ : नेता पाण्डे

इकागज |
माघ २७, २०७९ शुक्रबार १९:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले कांग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताएका छन् ।

शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परिणामस्वरूप आज मुख्य मानिएका दलहरू बाहेकको विकल्प हुनसक्छ भन्ने कुरा स्थापित भएको दाबी गरे । उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहीत छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताए ।


उनले आफ्नो पार्टीले आन्दोलन टायर बालेर नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताए ।

नेता पाण्डेले आफ्नो पार्टीले सुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरूसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताए ।


Author

थप समाचार
x