दल

अखिलको २३औं महाधिवेशनको आजबाट, ओलीले उद्घाटन गर्ने

इकागज |
फागुन २, २०७९ मंगलबार ७:२४ बजे

काठमाडौं - नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वियुको महाधिवेसन आजबाट सुरु हुने भएको छ । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ । 

नि:शुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशील संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिवेसन हुन लागेको हो । जो २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ ।


‘यो महाधिवेसनका मुख्य उद्देश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रीय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालले जानकारी दिँदै भनेकी छिन्, ‘तीनवटा केन्द्रीय आयोग पनि निर्माण हुनेछन, जुन आयोगमा १५ जना सदस्य हुनेछन् ।’ उनका अनुसार सहमतीयबाट नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ ।

मंगलबार अपरान्ह १२:३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने महाधिवेसनमा सहभागी हुन देशभरीबाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिइन् ।

अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।


Author

थप समाचार
x