दल

४० नेताहरूसँग जसपाले लियो बयान

इकागज |
फागुन ३, २०७९ बुधबार १०:५१ बजे

काठमाडौँ- गत निर्वाचनमा अन्तरघातको आरोप लाग्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अधिकांश केन्द्रीय नेताहरू रहेका छन् । पार्टीका केन्द्रीय कार्यकारी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिले अहिलेसम्म करिब ४० जना केन्द्रीय नेताहरूसँग बयान लिइसकेको छ ।  

मोरङ, सप्तरी, सिराहा, धनुषा ,महोत्तरी, सर्लाही, बर्दिया, कैलाली, सुर्खेत जिल्लामा पुगी समितिले आरोपितहरुसँग बयान लिइसकेको छ । सुनसरी, पाँचथर, धादिङ, मकवानपुर जिल्लाको छानबिन सकिएपछि समितिले आफ्नो प्रतिवेदन बुझाउने छ । अन्तरघातको आरोप पुष्टि भएमा उनीहरूमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारबाही हुनेछ । 
 



Author

थप समाचार
x