दल

१० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने कांग्रेस प्रमुख सचेतकको दाबी

इकागज |
फागुन ५, २०७९ शुक्रबार १७:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानुनविद्हरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अबको हप्ता १० दिनभित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए । उनले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको जिकिर गरे ।


उनले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको दाबी गरे । प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको भनाइ राखे ।

उनले नेकपा एमाले संसद् विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै यस्ता पदहरू जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वाभाविक दाबी रहने बताए ।

प्रमुख सचेतक लेखकले कांग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गरे ।


Author

थप समाचार
x